• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    शेफर्ड कलेजलाई राष्ट्रिय सम्मान, ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

    • lumbinisanjal
    • २०८३ असार २२, सोमबार ०९:४७
    351
    SHARES
    शेफर्ड कलेजलाई राष्ट्रिय सम्मान, ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्ड

    काठमाडौं । मिडिया तथा सूचना प्रविधि शिक्षामा दुई दशकभन्दा बढी समयदेखि योगदान दिँदै आएको शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजी प्रतिष्ठित ‘एक्सिलेन्स इन मिडिया टेक्नोलोजी कलेज’ अवार्डबाट सम्मानित भएको छ। एजुकेशन एक्सिलेन्स अवार्ड–२०२६ अन्तर्गत प्रदान गरिएको उक्त सम्मानले नेपालमा मिडिया र प्रविधि शिक्षाको क्षेत्रमा कलेजले पुर्‍याएको योगदानलाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।

    काठमाडौंस्थित बेस्ट वेस्टर्न प्लस होटलमा आइतबार आयोजित विशेष समारोहमा कर्ण शाक्य र मनोज ज्ञवाली ले संयुक्त रूपमा कलेजलाई उक्त सम्मान प्रदान गरेका थिए।

    २५ वर्षभन्दा लामो शैक्षिक यात्रामा शेफर्ड कलेजले मिडिया, पत्रकारिता तथा सूचना प्रविधि क्षेत्रमा दक्ष, सक्षम र व्यावसायिक जनशक्ति उत्पादन गर्दै आएको छ। नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेजका रूपमा परिचित यस संस्थाले पूर्वाञ्चल विश्वविद्यालय को सम्बन्धनमा मास्टर्स इन मिडिया टेक्नोलोजी (एमएमटी), ब्याच्लर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) र ब्याच्लर्स अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका प्रतिष्ठित सञ्चारमाध्यम, सूचना प्रविधि कम्पनी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कार्यरत रहेको कलेजले जनाएको छ।

    क्याम्पस प्रमुख प्रेम पुन्थोकीले अवार्डले सम्पूर्ण शेफर्ड परिवारको २५ वर्षभन्दा लामो समर्पण, निरन्तरता र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको सम्मान गरेको बताए। उनले भने, “यो अवार्ड केवल एउटा ट्रफी होइन, शेफर्ड कलेजप्रति विद्यार्थी, अभिभावक, सञ्चार क्षेत्र र समाजले गरेको विश्वासको सम्मान हो।

    हामीले विगत २५ वर्षदेखि मिडिया र प्रविधि शिक्षालाई समयअनुकूल, प्रयोगमुखी र रोजगारमुखी बनाउन निरन्तर काम गरेका छौं। आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सञ्चार र आधुनिक प्रविधिसँग जोडिएको गुणस्तरीय शिक्षा प्रदान गर्दै देशलाई आवश्यक दक्ष, सिर्जनशील र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा अझ दृढतापूर्वक अघि बढ्नेछौं।”

    उनले यो उपलब्धि कलेजका संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी तथा अभिभावक सबैको साझा मेहनत र विश्वासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।



    lumbinisanjal   
  • २०८३ असार २२, सोमबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP