• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा धुर्कोटको अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र सचिबमा नबिन

    • lumbinisanjal
    • २०८३ जेष्ठ १३, बुधबार १८:०९
    9.1K
    SHARES
    रास्वपा धुर्कोटको अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र सचिबमा नबिन

    गुल्मी ,१३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गाउँपालिका समिति गुल्मीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजेन्द्र पोख्रेल सभापतिमा चयन हुनुभएको छ ।

    समितिको उपसभापतिमा चन्द्र बिक, सचिवमा नबिन कुँवर तथा सह–सचिवमा सृजना भट्टराई चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मुना कुँवर, जनक पोख्रेल, जगत जिसी, प्रकाश जिसी, मनिराम पराजुली, रामप्रसाद पराजुली र सृजना नेपाली चयन हुनुभएको छ ।

    नवनिर्वाचित सभापति राजेन्द्र पोख्रेलले धुर्कोटमा पार्टीलाई अझ सशक्त, जनउत्तरदायी र युवामैत्री बनाउँदै जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । उहाँले सुशासन, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर संगठन विस्तार गरिने उल्लेख गर्नुभयो ।

    अधिवेशनमा सहभागी वक्ताहरूले गाउँस्तरमा वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाको भूमिका अझ प्रभावकारी बन्दै गएको बताएका थिए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ १३, बुधबार १८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP