• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गाउँकै स्वाद अब बुटवलको देवीनगरमा — सञ्चालनमा आयो “चिया मण्डप”

    • lumbinisanjal
    • २०८३ जेष्ठ ७, बिहीबार १३:२७
    728
    SHARES
    गाउँकै स्वाद अब बुटवलको देवीनगरमा — सञ्चालनमा आयो “चिया मण्डप”

    बुटवल, ७ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित देवशिद्धचोकमा गाउँघरको स्वाद र पुरानो संस्कृतिको झल्को दिने “चिया मण्डप” सञ्चालनमा आएको छ।

    परम्परागत रैथाने खानाका परिकार, ताजा खाजा तथा गाउँघरको
    मौलिक स्वादलाई प्राथमिकता दिँदै सुरु गरिएको “चिया मण्डप” अहिले स्थानीयको आकर्षण बन्दै गएको छ। यहाँ स्पेसल चिया, ढिँडो, गुन्द्रुक, सेलरोटी, फापरका परिकारदेखि विभिन्न स्थानीय स्वादका खाजाहरू पाइने सञ्चालकले बताएका छन्।

    चिया मण्डपका सञ्चालक निराजन पोख्रेलका अनुसार सुरुवाती चरणमा करिब २५ लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरिएको हो। “विदेश जानेभन्दा आफ्नै देशमा केही गरौं भन्ने सोचले व्यवसाय सुरु गरेका हौं,” उनले भने, “ग्राहकलाई ताजा, स्वस्थ र गाउँकै स्वाद दिने प्रयास गरेका छौं।”

    देशमै बसेर केही गर्ने हुटहुटी बोकेका दुई युवाले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यो व्यवसायले स्थानीय उत्पादन र रैथाने खानाको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

    गाउँघरको परिवेश, आत्मीय वातावरण र मौलिक स्वादका कारण “चिया मण्डप” अहिले देवीनगर क्षेत्रमा नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ७, बिहीबार १३:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP