• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेका अध्यक्षको प्रशंसनीय कार्य : विपन्न बोहोरा र कुवँरको उपचारमा आर्थिक सहयोग

    • lumbinisanjal
    • २०८१ फाल्गुन १३, मंगलवार ०३:०८
    2.2K
    SHARES
    मदानेका अध्यक्षको प्रशंसनीय कार्य : विपन्न बोहोरा र कुवँरको उपचारमा आर्थिक सहयोग

    बुटवल ,१३ फाल्गुन । गरिव तथा विपन्न गाउँवासीको स्वास्थ्योपचारलाई विशेष प्राथमिताका साथ उपचारमा सहयोग गर्दै आउनु भएका गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुवँरले थप २ जनाको उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    गाउँपालिकाबाट आफूले पाउने सुविधा वापतको रकमबाट उक्त सहयोग गर्नुभएको हो । अध्यक्ष कुवँरले वडा नं. ७ टिमुरखर्क निवासी १५ वर्षीय राजेश बोहोरा र वडा नं. ४ बाभ्रा निवासी नेत्रबहादुर कुवँरको फोक्सोको उपचारको लागि जनही १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

    आर्थिक रुपमा विपन्न परिवारका सदस्य राजेशको हात फ्याक्चर भएको छ भने नेत्रबहादुरलाई फोक्सोमा समस्या रहेकाले केही भएपनि उपचारमा सहज होस भनेर आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष कुवँरले बताउनु भयो । अध्यक्ष कुवँरले दुबै जनालाई घरमै पुगेर स्वास्थ्यलाभको कामना सहित आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

    नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका कुवँरले आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट पाउने सुविधा वापतको रकम पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ । त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयमा गरिव विपन्नको स्वास्थ्योपचारमा सहयोग गर्ने गरिएको पनि उहाँले बताउनु भयो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १३, मंगलवार ०३:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP