• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    शान्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा हौसला अभिवृद्धि

    • lumbinisanjal
    • २०८३ जेष्ठ २, शनिबार ११:२३
    663
    SHARES
    शान्तिद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा हौसला अभिवृद्धि

    बुटवल , २ जेठ ।रूपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्तिनमुनामाध्यमिकविद्यालयले गतवर्षको माध्यमिकशिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेकाविद्यार्थीहरूकालागिबधाई तथाहौसलाअभिवृद्धिकार्यक्रम सम्पन्न गरेको छ।

    मणिग्रामस्थित विश्राम बाटीकामा आयोजित एक औपचारिक कार्यक्रमकाबीचविद्यार्थीहरूलाई बधाई ज्ञापन गरिएको हो।विद्यार्थीहरूबीचआत्मीयता बढाउने र उनीहरूको आगामीशैक्षिकयात्राको सफलताको शुभकामनादिने उद्देश्यले कार्यक्रमआयोजना गरिएकोे थियो। तिलोत्तमावडा नं ५ का अध्यक्ष रमेश डुम्रेले उत्तीर्ण विद्यार्थीहरू भोलिकादेशका कर्णधार भएको उल्लेखगर्दैलगनशीलताका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले स्थानीयतह सधैँ शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको हितमा प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो।

    विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष शरद भट्टराईले विद्यार्थीहरूको सफलताले विद्यालयको गरिमाझन् बढाएको बताउनुभयो।
    कार्यक्रममाशान्तिनमुनामाध्यमिकविद्यालयकाप्रधानाध्यापककुल प्रसाद लामिछानेले उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वलभविष्यको शुभकामनाव्यक्त गर्नुभयो। उहाँले शान्तिनमुनाले सधैँ संस्कारयुक्त र गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र आगामीदिनमापनिविद्यार्थीहरूले विद्यालयको नामउच्च राख्ने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममाबोल्दै प्लस टु संयोजक राजेन्द्र के.सी. ले विद्यालयतहपार गरेर उच्चशिक्षामाप्रवेशगर्न लागेका विद्यार्थीहरूलाई सहीमार्गनिर्देशनको आवश्यकतापर्ने कुरामा जोड दिदै आगामीशैक्षिकयात्रातय गर्दा ध्यानदिनुपर्नेविषयमा प्रष्ट पार्नुभयो ।

    कार्यक्रमको मुख्यआकर्षणको रूपमा रहेको बधाई सत्रमा उत्तीर्ण विद्यार्थीहरूलाई खादाओढाएर सफलताको शुभकामनासहितबधाई दिइएको थियो। सो अवसरमाकक्षा १० का उत्तीर्ण विद्यार्थीहरूको तर्फबाट चार जिपिएप्राप्तगर्न सफलप्रकृतिकाफ्लेले विद्यालयमाबिताएकापलहरू र आफ्नो अनुभवसुनाउनुभएकोथियो।

    कार्यक्रममाशिक्षक रजनीके.सी. ले स्वागतमन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालनशिक्षकदिनेश खड्काले गर्नुभएको थियो।
    सोहीअवसरमाशिक्षकहरुलाई समेत सम्मान गरिएको थियो भने विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु राखेकाथिए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २, शनिबार ११:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP