• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सीएसआईटी एसोसिएसन रुपन्देहीमा नयाँ नेतृत्व चयन

    • lumbinisanjal
    • २०८३ बैशाख २०, आईतवार १३:४५
    312
    SHARES
    सीएसआईटी एसोसिएसन रुपन्देहीमा नयाँ नेतृत्व चयन

    बुटवल ,२० वैशाख । CSIT Association of Nepal, Rupandehi को ९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। साधारण सभाले कल्पित नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

    कार्यक्रम कम्प्युटर एसोसिएसन अफ नेपाल रुपन्देहीका अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सिएसआईटी एसोसिएसन रुपन्देहीका निवर्तमान अध्यक्ष माधव पौडेलको सभाध्यक्षतामा सञ्चालन गरिएको थियो। कार्यक्रमको प्रारम्भिक सत्र कल्पित नेपालले सञ्चालन गरेका थिए भने नयाँ कार्यसमिति गठनपछि कार्यक्रमको सञ्चालन आदर्श पौडेलले गरेका थिए।

    साधारण सभामा संगठनको आगामी कार्यदिशा, योजना तथा सूचना प्रविधि क्षेत्रमा विद्यार्थीहरूको भूमिका सुदृढ गर्ने विषयमा विस्तृत छलफल भएको थियो। नवगठित कार्यसमितिले CSIT विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा प्रविधि क्षेत्रमा अवसर सिर्जना गर्न प्रतिबद्धता जनाएको छ।

    कार्यक्रममा विभिन्न शैक्षिक संस्था, विद्यार्थी तथा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो



    lumbinisanjal   
  • २०८३ बैशाख २०, आईतवार १३:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP