• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रहरी निरीक्षक अर्जुन पौडेल ‘उत्कृष्ट प्रहरी’ घोषित, सेवा र कार्यकुशलताको कदर

    • lumbinisanjal
    • २०८३ बैशाख ८, मंगलवार २१:२३
    702
    SHARES
    प्रहरी निरीक्षक अर्जुन पौडेल ‘उत्कृष्ट प्रहरी’ घोषित, सेवा र कार्यकुशलताको कदर

    कपिलवस्तु,८ बैशाख । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी निरीक्षक अर्जुन पौडेललाई फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) का रूपमा सम्मानित गरेको छ।

    आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न तथा आम सर्वसाधारणसँग समन्वय गर्दै उत्कृष्ट सेवा प्रवाह गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

    आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले निरीक्षक पौडेललाई कदरपत्र र पुरस्कार प्रदान गर्नुभयो। सो अवसरमा “The Police of the Month Recognition Luncheon” कार्यक्रमसमेत आयोजना गरिएको थियो, जहाँ उत्कृष्ट प्रहरी कर्मचारीलाई प्रहरी नेतृत्वसँगै औपचारिक भोजनमा सहभागी गराई प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरियो।

    कार्यक्रममा समसामयिक सुरक्षा चुनौती, कार्यक्षेत्रका अनुभव तथा सेवा प्रवाहलाई अझ जनमुखी बनाउने विषयमा विचार आदान–प्रदान गरिएको थियो। यस्तो अन्तरक्रियाले प्रहरी मनोबल उच्च बनाउने र समुदायसँगको सम्बन्ध थप सुदृढ गर्ने विश्वास गरिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ८, मंगलवार २१:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP