• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्राध्यापक केसीको निधन

    • lumbinisanjal
    • २०८१ चैत्र ७, बिहीबार ००:३१
    2.2K
    SHARES
    प्राध्यापक केसीको निधन

    बुटवल,०७ चैत । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीको निधन भएको छ । लामो समयदेखि बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक केसीको बुधबार साँझ उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । प्रध्यापक केसी बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय प्रमुख समेत हुन् ।

    मृगौलाको समस्या रहेका केसीलाई केही दिन अघि मात्रै निमोनिया समेत देखिएको थियो । बुटवल हस्पिटल प्रा.लि. मा उपचार गराउने क्रममा निमोनिया देखिए पछि थप उपचारका लागि काठमाडौँमा टिचिङ अस्पतालमा रिफर गरिएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिले बताए ।

    ’मलाई केही महिना अघि मात्रै उहाँले मृगौलामा समस्या छ भनेर मलाई बताउनु भएको थियो । त्यस पछि उपचारका लागि दिल्ली समेत जानु भएको थियो । केही दिन अघि स्वास्थ्यमा समस्या देखिए पछि बुटवल प्रा.लि.मा उपचार गर्दा निमोनिया देखिए पछि थप उपचारका लागि परिवारले काठमाडौँ लग्नु भएको थियो’, उनले भने ।

    २०५३ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउन थालेका केसीले २०७६ सालमा प्राध्यापकको उपाधि प्राप्त गरेका थिए । उनी बुटवल बहुमुखी क्याम्पसको प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व अध्यक्ष हुन् । विक्रम सम्वत २०२६ सालमा जन्मेका केसीको श्रीमती दुई छोरा र दुई छोरी रहेका छन् ।
    ………………….



    lumbinisanjal   
  • २०८१ चैत्र ७, बिहीबार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP