• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा एक हप्तामै १०४ जनाले बनाए राहदानी, ५ लाख बढी राजस्व सङ्कलन

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १८:२९
    1.3K
    SHARES
    गुल्मीमा एक हप्तामै १०४ जनाले बनाए राहदानी, ५ लाख बढी राजस्व सङ्कलन

    गुल्मी , ७ वैशाख । गुल्मीमा एक हप्ताको अवधिमा १०४ जनाले राहदानी बनाउँदा पाँच लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।
    जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म १०४ जनाले राहदानी बनाएका छन्। यस अवधिमा राहदानीबाट मात्रै पाँच लाख दुई हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

    सोही अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १४७ जनाले नयाँ नागरिकता लिएका छन् भने १२० जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। कार्यालयका अनुसार एक हप्तामा ९ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ। राहदानीतर्फ १०४ आवेदन सङ्कलन हुँदा १६४ राहदानी वितरण गरिएको छ।

    यस्तै, राष्ट्रिय परिचयपत्रतर्फ ३३१ आवेदन सङ्कलन र १९० वितरण गरिएको छ भने दलित, जनजाति, पारिवारिक विवरण लगायतका २१ वटा प्रमाणित सेवा प्रदान गरिएको छ। सोही अवधिमा एक संस्थाको नवीकरण समेत गरिएको छ।

    समग्रमा, राहदानीबाट पाँच लाख दुई हजार पाँच सय, संस्था दर्ता तथा नवीकरणबाट ७५० र राष्ट्रिय परिचयपत्रबाट ११ हजार रुपियाँ गरी कुल पाँच लाख १४ हजार २५० रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP