• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार १३:५५
    845
    SHARES
    गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

    काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन सभापति शेरबहादुर देउवा समूह छोड्ने क्रम सुरू भएको छ।

    नेपाली कांग्रेसमा मध्यमार्गीका धारका रुपमा परिचित कोइराला परिवारका नेताहरूले देउवा समूह छाडेका हुन् । उनीहरू आइतबार दिउँसो धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी देउवा समूहको बैठकमा सहभागी भएनन्।

    विशालनगरस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार बिहान भएको छुट्टै भेलापछि मध्यमार्गी धारका यी नेताहरू गगनलाई सभापति स्वीकार्दै मिसिने निर्णयमा पुगेका हुन्।

    उक्त भेलामा डा. शेखर, कोइराला परिवारका अर्का नेता डा. शशांक कोइराला र पूर्वउपसभापति धनराज गुरूङ पनि सहभागी थिए ।

    ‘उक्त भेलाबाट हामीले सर्वोच्चको फैसला स्वीकार्दै अघी बढ्ने निष्कर्ष निकालेका छौँ । हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौँ’, नेता गुरूङले भने, ‘अहिले पनि हामी एकताकै पक्षमा रहेका नेताहरूसँग छलफलमा छौँ । कांग्रेसलाई एक बनाएर लैजानुपर्ने कुरामा हामीबीच एकमत छ ।’

    धनराजकै पहलमा बसेको उक्त भेलामा यी तीन शीर्ष नेतासहित अन्य केन्द्रीय सदस्य र सांसदहरू पनि रहेको खुलेको छ। धनराजले नै लामो समयदेखि अलग अलग हिँड्दै आएका शेखर र शशांकलाई जुटाएर कोइराला परिवारलाई कांग्रेसमै उभ्याएका हुन् ।

    ‘हामी सबैलाई विदितै छ-विशेष महाधिवेशनबारे पार्टीमा विभिन्न दृष्टिकोण रहिआए पनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौँ’, उनले भने, ‘अब विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको फैसला आइसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । यस परिस्थितिमा अदालतको फैसला स्वीकार्दै पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो ।’

    उनले पार्टी स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको बताउँदै अब आफूहरू कांग्रेस एकताको पक्षमा उभिने बताए ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार १३:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP