• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    वाग्ला माविको ६७औँ वार्षिकोत्सव , पत्रकार पोख्रेल सम्मानित 

    • lumbinisanjal
    • २०८२ चैत्र २९, आईतवार २०:२९
    3.7K
    SHARES
    वाग्ला माविको ६७औँ वार्षिकोत्सव , पत्रकार पोख्रेल सम्मानित 

    गुल्मी, २९ चैत । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ७ वाग्लामा रहेको वाग्ला माध्यमिक विद्यालयको ६७औँ वार्षिक उत्सव आजदेखि विविध कार्यक्रमसहित सुरु भएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति गुल्मीका प्रमुख थानेश्वर घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडाध्यक्ष लीला बहादुर खनाल, समाजसेवी लोकबहादुर खत्री, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, छिमेकी विद्यालयका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभयो। त्यस्तै, समाजसेवी खत्रीले वाग्ला माविले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै यहाँबाट अध्ययन गरेका विद्यार्थीहरू विभिन्न उच्च पदमा पुगेर राष्ट्रसेवामा समर्पित भइरहेको धारणा व्यक्त गर्नुभयो।

    यसै अवसरमा पत्रकारितामार्फत विद्यालयलाई पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार बासुदेव पोखरेललाई सम्मान गरिएको थियो। साथै, विद्यालयको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै वाग्ला स्वास्थ्य चौकी प्रमुख रामप्रसाद पन्थीलाई पनि सम्मान गरिएको थियो।

    विद्यालयका प्रधानाध्यापक भेषराज खनालको स्वागत मन्तव्य तथा सहायक प्रधानाध्यापक रुम्बाकान्त खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

    वार्षिकोत्सव अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता, छात्रवृत्ति वितरण, विद्यार्थी, शिक्षक तथा अभिभावक सम्मान कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। भोलि विविध सांस्कृतिक कार्यक्रम, खेलकुदका फाइनल प्रतिस्पर्धा तथा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुतिसहितका कार्यक्रम सञ्चालन हुने शिक्षक देवीराम घिमिरेले जानकारी दिनुभयो।



    lumbinisanjal   
  • २०८२ चैत्र २९, आईतवार २०:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP