• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

    • lumbinisanjal
    • २०८२ चैत्र २५, बुधबार १४:४९
    689
    SHARES
    सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

    काठमाडौं,२५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिसँगै यातायात व्यवस्था विभाग नयाँबानेश्वरले सवारी साधनको भाडा वृद्धि गरेर लागु गर्ने तयारी गरेको हो।

    भाडा बढेको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गरेका छन् । सिटौलाले दिएको जानकारीअनुसार सार्वजनिक यातायातको भाडा न्यूनतम् १६.७१ प्रतिशतले वृद्धि भएको छ।

    मालवाहक सवारी साधनको भाडा पनि त्यही दरमा बढेको छ। उनका अनुसार पहाडी क्षेत्रका मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढेको छ। उता तराई क्षेत्रका मालवाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको उनले बताएका छन् ।

    विभागले बुधबार नै नयाँ भाडादरको विस्तृत विवरण सार्वजनिक गर्दैछ । इरान-अमेरिका युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। त्यहीकारण यातायात व्यवसायीले भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए ।

    सरकारको यो निर्णयसँगै नेपाली उपभोक्ता बजार महँगिने भएको छ। उता सार्वजनिक सवारीका यात्रुको खर्च पनि बढ्ने भएको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २५, बुधबार १४:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP