• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    पत्रकार महासंघ रुपन्देहीद्वारा तीन पत्रकार पुरस्कृत

    • lumbinisanjal
    • २०८३ असार १६, मंगलवार ०६:४६
    416
    SHARES
    पत्रकार महासंघ रुपन्देहीद्वारा तीन पत्रकार पुरस्कृत

    बुटवल  । नेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो ।

    नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत हुनु भएको छ । गिरी नगद एक लाख रुपैया पुरस्कार सहित पुरस्कृत हुनु भएको होे । यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत हुनु भएको छ । उहाँहरु दुबैले जनही नगद ५०÷५० हजार रुपैया पुरस्कार प्राप्त गर्नु भएको हो ।

    बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी मेचिकाली दैनिकमा, पाण्डेय गोरखापत्र दैनीकमा र केसी बुटवल टुडे दैनीकमा कार्यरत हुनुहुन्छ ।

    बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले उक्त पुरस्कार प्रदान गर्नु भएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डीत, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन सचिव सिपी खनालले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८३ असार १६, मंगलवार ०६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP