• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    चट्याङ लागेर रुपन्देहीको मर्चवारमा महिलाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार ९, सोमबार १३:११
    4.1K
    SHARES
    चट्याङ लागेर रुपन्देहीको मर्चवारमा महिलाको मृत्यु

    बुटवल ,०९ असार । सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षीय प्रमीला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

    साउदको अनुसार सोमबार बिहान घारबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।

    चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवा स्थित भीम अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको साउदले बताए



    lumbinisanjal   
  • २०८२ असार ९, सोमबार १३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP