• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्दै

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार ०९:५३
    1.1K
    SHARES
    बंगलादेशको चुनावमा बीएनपीलाई १५१ सिट सहित स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्दै

    एजेन्सी/बुटवल ,०१ फाल्गुन । बंगलादेशको १३औँ राष्ट्रिय संसदीय चुनावको प्रारम्भिक नतिजाले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को स्पष्ट जीत देखाएको छ ।

    बंगलादेशी सञ्चार माध्यम ढाका ट्रिब्युनका अनुसार अहिलेसम्म पार्टीले बीएनपीले १ सय ५१ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । बीएनपीका मुख्य नेता तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बढ्दै गएको छ ।

    ६० वर्षीय रहमान पूर्व राष्ट्रपति जियार रहमान र पूर्व प्रधानमन्त्री खालेदा जियाको छोरा हुनुहुन्छ । जामात–ए–इस्लामी मुख्य विपक्षीको रूपमा ४३ सीटमा कायम छ । मत गणना देशभर चलिरहेको छ । सन् २०२४ जुलाईको अन्दोलनपछि बंगलादेशमा आमचुनाव र राष्ट्रिय जनमत सङ्ग्रह शान्तिपूर्ण र उत्सवपूर्ण वातावरणमा सम्पन्न भएको हो ।

    ३ सय मध्ये २ सय ९९ निर्वाचन क्षेत्रमा मतदान भएको छ, शेरपुर–३ मा उम्मेदवारको निधनका कारण मतदान स्थगित गरिएको थियो । तीन दशकपछि पहिलो पटक अवामी लिग चुनावमा अनुपस्थित रहेकोले मुख्य रूपमा बीएनपी गठबन्धन र जामात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP