• २०८३ श्रावण १३ | Wed, 29 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा युवतीमाथी गोली प्रहार

    • lumbinisanjal
    • २०८२ बैशाख ६, शनिबार १०:३०
    5.8K
    SHARES
    बुटवलमा युवतीमाथी गोली प्रहार

    बुटवल ,०६ बैशाख । बुटवलमा एक युवती माथि गाेली प्रहार भएकाे छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ बुद्धनगरमा बस्ने टिका बिष्ट क्षेत्री माथि गाेली प्रहार भएकाे हाे ।

    उनकाे कम्मर माथि गाेली लागेको छ। रैनादेवि छहरा घर भई बुटवल ११ बुद्ध नगरबस्ने बिष्ट माथि गाेली प्रहार भएकाे र उनकाे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक Dsp ईन्द्र बहादुर रानाले बताए ।

    रानाले केहि दिन अघि एकजना भारतीय एक युवक संग बिवाद भएकोले उनले गाेलि हानेको हुन सक्ने स्थानियले आशंका गरेकाे बताए। गाेली प्रहारमा सम्लग्नकाे खाेजी भैरहेको प्रहरीले बताएको छ।



    lumbinisanjal   
  • २०८२ बैशाख ६, शनिबार १०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP