• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    साउदीको आयल पाइपलाइनमाथि इरानद्वारा मिसाइल हमला

    • lumbinisanjal
    • २०८२ चैत्र २६, बिहीबार ०८:३४
    702
    SHARES
    साउदीको आयल पाइपलाइनमाथि इरानद्वारा मिसाइल हमला

    बुटवल ,२६ चैत । अमेरिका–इजरायल र इरानबीच युद्धविराम भएका २४ घण्टापछि नै फेरि आक्रमण सुरु भएको छ । इजरायलले लेबनानमाथि भीषण हमला गरेसँगै युद्धविराम टुट्ने अवस्थामा पुगेको हो ।

    इरानले लेबनानमाथि हमलाको जवाफ दिने चेतावनी दिएको केही घण्टाभित्रै साउदी अरबको महत्त्वपूर्ण ईस्ट–वेस्ट आयल पाइपलाइनमाथि ड्रोन र मिसाइल हमला गरेको छ । यो पाइपलाइन होर्मुज स्ट्रेटलाई बाइपास गर्नका लागि बनाइएको थियो ।

    यो पाइपलाइन साउदी अरबका लागि निकै महत्त्वपूर्ण छ । यसकै माध्यमबाट साउदीको पूर्वी हिस्साबाट हरेक दिन ७० लाख ब्यारेल तेल यनबु पोर्टसम्म पुर्‍याइन्छ । यसका साथै देशका अन्य आयल फ्यासिलिटी समेत प्रभावित भएका छन् ।

    इजरायलले लेबनानमा हमला गर्दा २५४ जनाको मृत्यु हुनुका साथै ८ सयभन्दा बढी मानिस घाइते भएका छन् । इजरायलले यो अहिलेसम्मकै सबैभन्दा ठूलो कारबाही भएको बताएको छ ।

    इरानले यस्ता हमला लेबनानमा जारी राखेमा युद्धविराम भंग हुने र सिधा आक्रमणमा उत्रिने चेतावनी दिएको छ । जसले पूरै क्षेत्रमा तनाव बढ्ने इरानको चेतावनी छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २६, बिहीबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP