• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    सांसद पद फुकुवा गरिदिन रवि लामिछानेले दिए सभामुखलाई निवेदन

    • lumbinisanjal
    • २०८१ माघ १८, शुक्रबार ०७:०१
    2.1K
    SHARES
    सांसद पद फुकुवा गरिदिन रवि लामिछानेले दिए सभामुखलाई निवेदन

    काठमाडौं १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।

    रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ । केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए ।

    लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।

    रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ ।

    संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।

    लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।

    कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।रास्वपाका सांसदहरूले संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

    पुस ८ गते नै रास्वपा सांसद्हरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुली लगायतले सभामुखलाई भेटेर लामिछानेको निलम्बनबारे ध्यानाकर्षण गराएका हुन् । यसबीचमा रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै बोलाएर कानुन विज्ञहरूसँग परामर्श लिएका थिए ।



    lumbinisanjal   
  • २०८१ माघ १८, शुक्रबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP