• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    शिवरात्रीमा घरबाट निस्किएका अमृत अझै बेखबर, खोजीमा सहयोग गर्न आग्रह

    • lumbinisanjal
    • २०८२ फाल्गुन ५, मंगलवार ०८:२१
    1.1K
    SHARES
    शिवरात्रीमा घरबाट निस्किएका अमृत अझै बेखबर, खोजीमा सहयोग गर्न आग्रह

    बुटवल, ०५ फागुन । वाणगंगा नगरपालिका–८ लौगाई निवासी १६ वर्षीय अमृत बेल्बासे शिवरात्रीको दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसयता उनको कुनै अत्तोपत्तो लागेको छैन।

    अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो/खैरो रंगको हुड, सेतो पाइन्ट तथा खुट्टामा चप्पल लगाएका थिए।

    परिवारका सदस्यहरूका अनुसार अमृतलाई बोडगाउँ चोकसम्म पुगेको देखिएको थियो। उनले आफ्नो साइकल त्यहाँस्थित एक फलफूल पसलमा राखेर हिँडेको जानकारी प्राप्त भएको छ।

    त्यसपछि भने उनको अवस्थाबारे कुनै जानकारी नआएको बताइएको छ। अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। उनी लौगाईमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए।

    बालक हराएपछि परिवार तथा आफन्तजनले खोजी कार्य तीव्र बनाएका छन्। अमृतको बारेमा कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासेलाई ९८४०४८९२०९ नम्बरमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन सबैमा आग्रह गरेका छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ५, मंगलवार ०८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP