• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार ११:४१
    2.2K
    SHARES
    राजावादीको हिंस्रक प्रदर्शनपछि गृहमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

    काठमाडौं,१५ चैत । राजावादीहरूले शुक्रबार प्रदर्शनका नाममा लुटपाटसहित अराजकता मच्चाएपछि केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसिरहेको छ ।

    गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको हो । बैठकले राजावादीको प्रदर्शनबारे रणनीतिक एजेन्डा बनाउने तयारी गरेको छ।

    बैठकमा गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सुरक्षा प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारीसहित उपस्थित छन् ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार बैठकका लागि प्रमुख जिल्ला अधिकारी तिवारी गृहमन्त्रालय पुगिसकेका छन् ।

    राजावादीहरुले पछिल्लो पटक कोटेश्वर भाटभटेनी सुपर स्टोर आगजनी र तोडफोड गरेका छन् । तीनकुनेमा तोडफोड गरेलगत्तै कोटेश्वर पुगेर भाटभटेनीमा अहिले लुट मच्चाइरहेका छन्



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP