• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    उच्च मूल्यबाट घट्यो सुनचाँदी

    • lumbinisanjal
    • २०८२ माघ ८, बिहीबार ११:४५
    1.2K
    SHARES
    उच्च मूल्यबाट घट्यो सुनचाँदी

    काठमाडौं ,०८ माघ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ ।

    चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८७० रुपैयाँमा झरेको छ ।



    lumbinisanjal   
  • २०८२ माघ ८, बिहीबार ११:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP