• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    एमालेले बोलायो विघटित संसदीय दलको बैठक

    • lumbinisanjal
    • २०८२ कार्तिक २४, सोमबार १३:३०
    2.4K
    SHARES
    एमालेले बोलायो विघटित संसदीय दलको बैठक

    काठमाडौँ,२४ कार्तिक । देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ। नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न आगामी मंसिर २ गतेका लागि बैठक बोलाइएको जानकारी दिए।

    उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

    प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले आफूलाई प्रमुख सचेतककै हैसितमा राखेर बैठकको सूचना जारी गरेका हुन्।

    एमालेले वर्तमान सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएको कदमलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गर्दै आइरहेको छ।

     



    lumbinisanjal   
  • २०८२ कार्तिक २४, सोमबार १३:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP