• २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

    • lumbinisanjal
    • २०८३ भाद्र २९, सोमबार १६:०६
    26
    SHARES
    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

    बुटवल । राजधानीबाहिर केन्द्रीय कार्यालय रहेको एकमात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी वृद्धि हुनेछ भने १० प्रतिशत नगद लाभांश सेयरधनीले प्रत्यक्ष प्रतिफलका रूपमा प्राप्त गर्नेछन्। बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयरबापत लाग्ने करसमेत समावेश गरिएको छ।
    यद्यपि, सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश तत्काल वितरण हुने छैन। लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव पेस गरिनेछ।

    वार्षिक साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्रै सेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।
    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मोफसलमा स्थापना भएर मोफसलमै केन्द्रीय कार्यालय राखी देशभर शाखा सञ्जाल विस्तार गर्न सफल राष्ट्रियस्तरको विकास बैंकका रूपमा रहेको छ।

    बैंकले बुटवललाई आफ्नो केन्द्रीय कार्यालयका रूपमा राख्दै देशका विभिन्न स्थानमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र २९, सोमबार १६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP