• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

    • lumbinisanjal
    • २०८२ कार्तिक २५, मंगलवार ११:२८
    2.4K
    SHARES
    जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

    काठमाडौं ,२५ कार्तिक । जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विजय यादव अनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विकको हत्या गरेका हुन् ।

    प्रमुख यादवका अनुसार राति हँसियाको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको खुलेको छ ।

    वैवाहिक करणी मुद्दामा सोमबार दिउँसो ५० हजार धरौटी बुझाएर छुटेका मोदी गाउँपालिका ७ दराक बस्ने ५१ वर्षीय जितबहादुरले श्रीमती ५२ वर्षीया सीताको कुटपिट गरी कोठामा हत्या गरेका हुन् । बुहारी २८ वर्षीया शोभ विकले स्थानीय मार्फत् राति २ः ३० बजे प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन् ।

    खबर लगत्तै पुगेको प्रहरीले एक तले दुई कोठा भएको आफ्नै पक्की घरको कोठामा उत्तानो सुनाएको अवस्थामा टाउको र अनुहारमा चोटसँगै सिरकले छोपेको अवस्थामा सीतालाई फेला पारेको थियो । तत्काल कुश्मा अस्पताल पुर्याउँदा चिकित्सकले सीतालाई मृत घोषणा गरेका हुन् ।

    जितबहादुरलाई स्थानीयले घरकै कोठामा थुनेको अवस्थाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जितबहादुर सोमबार दिउँसो जिल्ला कारागार पर्वतबाट छुटेर घर पुगेका थिए । प्रहरीले जितबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएर राखेको छ ।

    दुर्घटना भएको घरमा जितबहादुर, श्रीमती सीतासँगै एक बुहारी एक दुई महिनाकी नातिनी गरेर चार जना थिए । जितबहादुरका तीन जना छोरा भने वैदेशिक रोजगारीमा छन् । डिएसपी यादवका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट पाँच जनाको टोली घटनास्थलमा गएको छ । खबरहब



    lumbinisanjal   
  • २०८२ कार्तिक २५, मंगलवार ११:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP