• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–५ मा जनलहर : अन्तिम निर्वाचन भन्दै भरतकुमार साहप्रति मतदाताको भरोसा

    • lumbinisanjal
    • २०८२ फाल्गुन १८, सोमबार २१:००
    1.8K
    SHARES
    रुपन्देही–५ मा जनलहर : अन्तिम निर्वाचन भन्दै भरतकुमार साहप्रति मतदाताको भरोसा

    विहिवार निर्वाचनको अन्तिम दिन अर्थात मतदानको दिन । रुपन्देही ५ मा सोमबार अन्तिम चुनावी दौडधुप जारी रहँदा मतदाताले कांग्रेसको पक्षमा लहर सिर्जना भएको बताएका छन । रुपन्देही ५ का मतदाताले यसअघि जितेका उम्मेदवारले धोका दिएकोले यसपटक कांग्रेसका उम्मेदवार भरतकुमार साहलाई बिजयी वनाउने उदघोष गरेका छन ।

    निर्वाचन आउन तिन दिनमात्रै बाँकी रहँदा रुपन्देही क्षेत्र नंं ५ मा नेपाली कांग्रेसको पक्षमा जनलहर सिर्जना भएको छ । छैठौंपटक चुनावको परीक्षामा रहनुभएका कांग्रेसका उम्मेदवार भरतकुमार साहको यो निर्वाचन अन्तिम निर्वाचन भएकोले यसपटक साहलाई जिताउने भन्दै यस क्षेत्रका मतदाता उत्साहित छन । साहले यो क्षेत्रमा रहेको अधुरो विकास निर्माणको काम पूरा गरेरमात्रै बिश्राम लिने प्रतिवद्धता जनाएकोले यस क्षेत्रका मतदाता विकासप्रति आशाबादी हुँदै साहलाई मतदान गर्ने बताएका छन । यसअघि ०७९ को चुनाव जितेका एमालेका बासुदेव घिमिरे यो क्षेत्रलाई छोडेर रुपन्देही ३ मा चुनाव लडन गएपछि यस क्षेत्रका मतदातामा साहको अभाव खटकिएकोले यसपटक साहको विकल्प नरहेकोले साहको जीत ठूलो अन्तरले हुने बताइएको छ । मतदाताहरु पनि साहलाई विकास प्रेमी नेताको रुपमा चिन्ने गरेका छन ।

    विहिवार हुने निर्वाचनका लागि यस क्षेत्रका मतदाता मतदान गर्न आतुर छन । यसपटक मतदाता बढी सचेत र जागरुक भएकोले विगतको भन्दा बढी मत खस्ने अनुमान गरिएको छ । मतदाता जागरुक भएकोले यसपटक कांग्रेसका उम्मेदवार भरतकुमार साहको पक्षमा जनलहर आएको स्वयं मतदाता बताउँछन । भरतकुमार साह यो क्षेत्रमा विकासको पर्याय वनेका छन । रुपन्देही ५ को विकास भरतकुमार साहकै नेतृत्वमा हुने मतदाताहरुको विश्वास छ । हुनपनि यस क्षेत्रको सडक, पुल, सिंचाई, खानेपानी, कल्भर्ट, तटबन्ध, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासमा भरतकुमार साहको नाम जोडिन्छ । भरतकुमार साहको नाम विना यो क्षेत्र अधुरो हुने स्थानीयको भनाई छ । भरतकुमार साहले गरेको विकास र यसपटक अधुरो काम पूरा गर्ने प्रतिवद्धताले यसपटक साहले भारी मतान्तरले विजय हासिल गर्ने स्थानीय बताउँछन ।

    कलौनीदेखि लुम्बिनीको सडक भरतकुमार साहकै नेतृत्वमा बनेको हो । अहिले यो सडकको केही भागको मर्मतमा पनि साहकै योगदान छ । रुपन्देही ५ मा भरतकुमार साहकै नेतृत्वमा १५ वटा पुल बनेका छन । २८ वटा खानेपानी आयोजना सम्पन्न भएका छन । ती सवैमा साहकै योगदान छ । त्यसैगरी सिंचाई तटबन्ध, शिक्षा र स्वास्थ्य क्षेत्रमा साहले गरेको कामको फेहरिस्त तयार गरेर नसकिने यस क्षेत्रका मतदाताको भनाई छ ।

    साहको यो निर्वाचन जीवनको अन्तिम निर्वाचन हुँदैछ । तसर्थ पनि यस क्षेत्रका मतदाता यसपटक साहलाई निर्वाचित गराउने अभियानमा कम्मर कसेर लागेका छन । साहले अर्थ राज्यमन्त्रीको रुपमा अनुभव समेत लिईसक्नु भएको छ । त्यसैगरि सार्वजनिक लेखा समितिको सभापति पनि रहिसक्नु भएको छ । संसदको बैठकहरूमा शाहले आर्थिक संघीय बजेट, अर्थतन्त्र र नीति सम्बन्धी विषयहरूमा धारणा राख्दै सरकारलाई महत्वपूर्ण सुझाव समेत दिनुभएको छ । साहले पनि यो निर्वाचन आफ्नो अन्तिम निर्वाचन भएकोले यसपटक आफूलाई बिजय बनाएर रुपन्देही ५ को सम्मृद्धिमा योगदान दिन मतदाताहरुसंग आग्रह गर्नुभएको छ । साहले आफ्ना योजनाहरु समेत मतदातामाझ राख्दै आउनु भएको छ ।
    भरतकुमार साह ।
    केही दिनअघि कांग्रेस सभापति गगनकुमार थापाले लुम्बिनीमा आयोजित चुनावी सभामा कांग्रेसले सरकार बनाउने अवस्थामा भरतकुमार साह यो क्षेत्रबाट निर्वाचित भए मन्त्री बन्ने संकेत गरेकोले पनि अहिले साहको पक्षमा जनलहर सिर्जना भएको छ । यस क्षेत्रका मतदाताले पनि साह जस्तो विकास प्रेमी नेता अरु नपाउँने बुझेकोले पनि चुनाव नजिक आउँदै गर्दा साहको पक्षमा जनमत बलियो बन्दै गएको छ ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १८, सोमबार २१:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP