• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    गुल्मी सिर्सेनी समाजद्वारा भित्तेपात्रो विमोचन

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १४:५४
    4.7K
    SHARES
    गुल्मी सिर्सेनी समाजद्वारा भित्तेपात्रो विमोचन

    बुटवल , १२ बैशाख । गुल्मी सिर्सेनी समाज रुपन्देहीले आज बुटवलमा एक कार्यक्रम गरी नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको । कार्यक्रममा समाजका संस्थापक सल्लाहकार तथा प्रमुख अतिथी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्यालले सिर्सेनी समाजमा आवद्घ भएर जति पनि रुपन्देही र आसपासमा रहेका छौ भावनात्मक र संगठनात्मक एकता सँगै अवका दिनमा व्यवसायीक रुपमा पनि सहकार्य गर्नुपर्ने बताएका थिए । रुपन्देही तथा आसपासमा व्यवसाय गरेर बस्ने साथीहरु बिच व्यवसायीक हार्दिकता बढ्ने र व्यवसायिक वृद्धिमा पनि सहयोग पुग्ने बताए ।

    बिशिष्ट अतिथी तथा मदाने गाँउपालिका तिन सिर्सेनीका पुर्व अध्यक्ष नारायण घर्तिले समाजका यस प्रकारका गतिबिधीले सिर्सेनी छाडेर रुपन्देहीमा आएर स्थायी तथा अस्थाइ रुपमा बसेकाहरु प्रति एक प्रकारको हार्दिकताको वातावरण सिर्जना गरेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा अतिथी हरी सेन लगायत समाजका पुर्व तथा बर्तमान पदाधिकारी शुभेच्छुकहरुको उपस्थीति रहको थियो ।

    कार्यक्रममा समाजका अध्यक्ष भिष्मराज अर्याल र कोषाध्यक्ष ज्ञानु अर्यालले बिज्ञापनदातालाई खादा ओडाएर सम्मान गरेका थिए । समाजले स्थापना भएको यस अवधिमा सिर्सेनिमा बृहत स्वास्थ्य शिविर ,रक्तदान , दिनदुखीको स्वास्थ्य उपचारमा सहयोग लगायतका बिभिन्न सामाजिक कार्यहरूको अलवा बिभिन्न पेशा ब्यवसायमा आवद्ध रहेर रुपन्देहिमा रहेका सिर्सेनि बासि लाई एकताबद्ध गर्ने काम पनि गरेको उपाध्यक्ष ऋषि भट्टराईले बताए । कार्यक्रमको अध्यक्षता अध्यक्ष भिष्मराज अर्याल र सञ्चालन सचिव जयन्त घर्तिले गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १४:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP