• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    विद्यार्थी नेतृत्वमै चम्कियो ब्रिटिस ग्रामरको चौथो ‘क्रिएटिभ फेस्ट’

    • lumbinisanjal
    • २०८२ माघ २४, शनिबार १६:३१
    4.3K
    SHARES
    विद्यार्थी नेतृत्वमै चम्कियो ब्रिटिस ग्रामरको चौथो ‘क्रिएटिभ फेस्ट’

    बुटवल, २४ माघ । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल, रुपन्देहीमा चौथो संस्करणको क्रिएटिभ फेस्ट भव्य र सफल रूपमा सम्पन्न भएको छ। जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु प्रसाद पन्थीको प्रमुख आतिथ्यता तथा विद्यार्थी अदनान शेखको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

    पूर्ण रूपमा विद्यार्थीको नेतृत्व, योजना र सहभागितामा सम्पन्न फेस्टमा ४० भन्दा बढी विद्यार्थीले क्रमिक रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। कक्षा पीजीदेखि १२ सम्मका करिब ५५० विद्यार्थी र एक हजारभन्दा बढी अभिभावक तथा दर्शकको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीले आफ्ना सिर्जनात्मक क्षमता र उद्यमशील सोच प्रस्तुत गरे।

    क्रिएटिभ फेस्टमा लाइभ गीत–संगीत, नृत्य, विद्यार्थीले आफैं लेखेका पुस्तकको प्रदर्शनी, कलात्मक चित्र तथा पेन्टिङ, बृहत् मार्केट स्टल, शैक्षिक कार्यशाला, रोबोटिक्स, लट्री, आर्केड गेम, क्याफे र हन्टेड हाउस जस्ता मौलिक गतिविधि समावेश थिए। विद्यार्थीले तयार पारेका सामग्री बजारमा बिक्रीसमेत गरिएको थियो, जसले उनीहरूमा व्यवहारिक सीप र उद्यमशीलताको अनुभव दिलाएको आयोजकको भनाइ छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, नवप्रवर्तनशील सोच र स्व–पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। आजको विश्वव्यापीकरणको सन्दर्भमा किताबमुखी शिक्षाभन्दा बाहिर पनि जीवन र शिक्षा रहेको सन्देश विद्यालयले दिएको उल्लेख गर्दै उनले अन्य विद्यालयले समेत यस्तो अभ्यासबाट सिको गर्नुपर्ने धारणा राखे।

    विद्यालयकी निर्देशक पुष्पा कँडेलले विद्यार्थीको सर्वाङ्गीण विकास, नयाँ सोच र चिन्तनको विकास गर्दै पढाइप्रति उत्साह बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम मोफसलका विद्यालयमध्ये पृथक र सफल अभ्यास भएको बताइन्।

    कक्षा ११ र १२ का विद्यार्थीको नेतृत्व, विद्यालय तहका विद्यार्थीको सक्रिय सहभागिता तथा शिक्षकहरूको सहजीकरणमा सम्पन्न क्रिएटिभ फेस्ट सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अभिभावक, विद्यार्थी, पत्रकार र शिक्षा प्रेमीप्रति विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले आभार, कृतज्ञता तथा धन्यवाद व्यक्त गरे।

    कार्यक्रममा विद्यालयका सह–प्राचार्य महेश पौडेल क्षेत्री, उमेश कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



    lumbinisanjal   
  • २०८२ माघ २४, शनिबार १६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP