• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सडकमा हिड्ने सर्वसाधारणलाई पानी बितरण

    • lumbinisanjal
    • २०८२ जेष्ठ २, शुक्रबार २१:०३
    4.8K
    SHARES
    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सडकमा हिड्ने सर्वसाधारणलाई पानी बितरण

    बुटवल ,२ जेठ । पश्चिम तराईका जिल्लामा गर्मी चरम भएपछि राहतका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसाधारणलाई चिसो पानी बितरण गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. २ रुपन्देहीले बुटवलको ट्राफिकचोकमा सडकमा हिड्ने सर्वसाधारणलाई चिसो पानी बितरण गरेको हो ।

    अत्यधिक गर्मी बढेकाले सर्वसाधारणको राहतका लागि चिसो पिउने पानीको प्रवन्ध गरिएको रास्वपा रुपन्देही २ का सभापति रमेश लम्सालले जानकारी गराउनु भयो । सामाजिक उत्तरदायीतब बहन गर्दै रास्वपाले शुक्रबार एक दिन दिनभर बुटवलको ट्राफिकचोकमा स्टल राखेर सर्वसाधारणलाई पानी बितरण गरेको हो ।

    त्यस अवसरमा पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठक, उपसभापति सालिकराम घिमिरे, प्रदेश समिति सदस्य महेन्द्र उपाध्याय, रुपन्देही जिल्ला सभाति डा. बुद्धिप्रसाद शर्मा, बुटवल ११ का सभापति सुनिल शाहि लगायतका नेता कार्यकर्ता सहभागि भएर पानी खुवाईएको क्षेत्रीय सभापति लम्सालले जानकारी गराउनु भयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २, शुक्रबार २१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP