• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ माघ ९, शुक्रबार ०७:३८
    858
    SHARES
    कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    काठमाडौं,०९ माघ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार जारी गरेको विज्ञप्‍तिअनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सुरु हुनेछ ।

    बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिने विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।

    विशेष महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

    बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिलाई उपस्थित हुन निर्देशनसहित अनुरोध गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ माघ ९, शुक्रबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP