• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भारतमा विद्यार्थी रहस्यमय मृत्यु प्रकरण, राप्रपा लुम्बिनीको गम्भीर ध्यानाकर्षण

    • lumbinisanjal
    • २०८१ फाल्गुन ५, सोमबार १०:४८
    2.1K
    SHARES
    भारतमा विद्यार्थी रहस्यमय मृत्यु प्रकरण, राप्रपा लुम्बिनीको गम्भीर ध्यानाकर्षण

    बुटवल , ५ फाल्गुन । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ओडिसामा अध्ययनरत रुपन्देही जिल्ला बुटवल निवासी बिधार्थी प्रकृति लम्सालको रहस्यमय निधन भएको दुखद घटनाप्रति राप्रपा लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्तीमा उल्लेख गरेको छ ।

    विज्ञप्तीमा भनिएको छ – रहस्यमय निधनबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन नेपाल सरकारले तत्काल भारत सरकारसंग कुटनैतिक पहल गर्न राप्रपा लुम्बिनी प्रदेश नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

    सो घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै बिधार्थीहरुद्वारा गरिएको प्रदर्शन दबाउन त्यहा अध्ययनरत नेपाली बिधार्थीहरु माथी गरिएको दमनप्रति चासो लिन समेत नेपाल सरकारसंग आग्रह गर्दै प्रदेश अध्यक्ष प्रदीपकुमार उदयद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    हेर्नुहोस विज्ञप्ती : 



    lumbinisanjal   
  • २०८१ फाल्गुन ५, सोमबार १०:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP