• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    अंग्रेजी नयाँ वर्षमा बुटवल सडक खाना महोत्सव: ३ दिनसम्म रैथाने स्वाद, संस्कृति र पर्यटनको उत्सव

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार १८:२७
    2.4K
    SHARES
    अंग्रेजी नयाँ वर्षमा बुटवल सडक खाना महोत्सव: ३ दिनसम्म रैथाने स्वाद, संस्कृति र पर्यटनको उत्सव

    बुटवल, १४ पुस । अंग्रेजी नयाँ वर्षको अवसर ‘बुटवल सडक खाना महोत्सव’ हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा मंगलबारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव हुने भएको हो ।

    बुटवल उपमहानगरपालिका वडा नं. ९ तिनकुने चोकदेखि बसपार्क चोकसम्म आयोजना हुने महोत्सवको तयारी पुरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि आयोजक संघका अध्यष माधव कुमार खनालले बताए । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित आयोजना गरिने महोत्सवमा स्थानीय रैथाने खानाका परिकार, विभिन्न जातीय समुदायका पहिचान झल्काउने परिकारसँगै स्वदेशी तथा विदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने उनले बताए । सडकको बिचमा अत्याधुनिक स्टलहरु निमार्ण गरिएको उनले बताए ।

    महोत्सवमा विभिन्न जातजाति र समुदायसँग सम्बन्धित परिकारसँगै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने तथा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने संघका वरिष्ठ उपाध्यक्ष तथा स्टल बुकिङ तथा वितरण एवं स्वागत सत्कार उपसमिति संयोजक अर्जुन थापाले बताए ।

    स्थानीय खानाका परिकारको स्वाद, कला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन र बुटवलको पर्यटन विकासलाई मुख्य उद्देश्यका रूपमा राखिएको छ । पर्यटकीय विश्रामस्थलका रूपमा विकास हुँदै गएको बुटवललाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले आसपासका पर्यटकीय स्थलहरूको समेत प्रचारप्रसार गरिनेछ । यसका लागि महोत्सव स्थलमा पर्यटकीय गन्तव्यलाई समेटेर सेल्फी जोन निर्माण गरिनेछ भने पर्यटन प्रवद्र्धनसम्बन्धी गोष्ठी पनि आयोजना गरिने संघका उपाध्यक्ष तथा गोष्ठी सेमिनार उपसमिति संयोजक रोमाकान्त पाण्डेले बताए ।

    महोत्सवमा करिब ६० वटा खाना स्टल राखिने संघका महासचिव तथा महोत्सवका सदस्य सचिव केशव कंडेलले बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सव अवधिभर नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ भने अन्तिम दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिने संघले जनाएको छ ।

    महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्कने झाँकीसहितको र्याली निकालिने संघका प्रथम उपाध्यक्ष थम्मन भण्डारीले बताए । संघले ०७५ सालदेखि सडक खाना महोत्सव गर्दै आएको छ ।



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार १८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP