• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

    • lumbinisanjal
    • २०८२ चैत्र १५, आईतवार ०७:०१
    1.2K
    SHARES
    भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

    काठमाडौं ,१५ चैत । सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा भदौ २४ गते घटेको घटनाको छानबिनका लागि समिति गठन गर्ने उल्लेख गरिएको छ ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २४ गते ठूलो जनधनको क्षति भएको थियो । यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ गतेसँग सम्बन्धित विषयमा प्रतिवेदन तयार पारेको भए पनि २४ गतेको घटनामा थप छानबिन आवश्यक रहेको सुझाव दिएको थियो।

    यसै सिफारिसको आधारमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो।



    lumbinisanjal   
  • २०८२ चैत्र १५, आईतवार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP