• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित

    • lumbinisanjal
    • २०८२ मंसिर २७, शनिबार २२:१३
    1.6K
    SHARES
    ट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित

    काठमाडौँ, २७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिसँगै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक भाग्यमानी खेलाडी हुनुभयो ।

    टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।

    रोहितले यस सिजन २७६ रन बनाउनुका साथै फाइनलमा उपाधि जिताउन ह्याट्रिक विकेट समेत लिनुभयो ।‘‘उपाधिका लागि खेल्दा सबै पुरस्कार पाउन सफल भएँ । कार जित्छु जस्तो लागेको थिएन, खुशीको सिमा छैन । टोलीका सबै खेलाडीले राम्रो गर्दा ट्रफी जित्न सक्यौँ । गत सिजन पनि ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेको थिएँ । तर टोलीको खेलाडीको तालमेल मिलेको थिएन ।’’

    रोहितले यसपटक चौथो खेलसम्म नतिजा सोचेजस्तो नभएको पनि बताउनुभयो । टोलीले उपाधि जितेपछि उहाँले भन्नुभयो, ‘‘तर विस्तारै स्वदेशी र विदेशी खेलाडीबिच तालमेल मिल्यो । टोलीको रुपमा सबैले राम्रो खेल्यौँ । आज स्पिनर बलरहरुको भूमिका राम्रो रह्यो । ८५ रनमा समेट्न सकिएका भन्ने सोचेको थिएनौँ । एक सय ४० रनमा रोक्न सकिएका भन्ने थियो । तर नसोचेको भयो । उपाधिसँगै ब्यक्तिगत रुपमा कार र बाइक पाउँदा सबै थोक पाएँ जस्तो लागेको छ । शेर मल्ल जस्ता राम्रा खेलाडी एनपिएलले दिएको छ । अबको ध्यान टी-२० विश्वकपमा दिनेछु ।’’

    कार पाएपछि रोहितले बा-आमा र परिवारलाई राखेर मैदानमै कुदाउनुभएको थियो । रोहितकै कप्तानीमा नेपालले अब आइसिसी टी-२० विश्वकप खेल्नेछ ।

    त्रिवि मैदानमा शनिबार भएको एकपक्षीय फाइनलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले मात्र नौ ओभरमा खेल सकेको थियो । सुदूरपश्चिकको उपाधि चुम्ने सपनालाई लुम्बिनीले ४३ मिनेटमै चक्नाचुर बनाईदियो ।

    यस्तै लगातार हारपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले सुरुवाती दिनदेखि उत्कृष्ट खेल खेलेपनि फाइनलमा आफुहरुको दिन नरहेको बताउनुभयो ।

    ‘‘एक सय ४०/५० को लक्ष्य दिन सकेको भए खेल अर्कै हुनेथियो । आज ब्याट्सम्यानले राम्रो गर्न सकेनन् । ८५ रनमा अलआउट हुनु भनेको लुम्बिनीको स्पिनर हावी भयो । रोहितको ह्याट्रिक विकेटले पनि हामीलाई कमजोर बनाउन सफल भयो । विनोद भण्डारी सुरुमै आउट भएपछि दबाब झेल्यौँ । अघिल्लो सिजनकै नियती दोहोरियो । सुरुमा चलेका विदेशी खेलाडी बिचमै फर्किनु हारको अर्को कारण रह्यो,’’ टमटाले भन्नुभयो ।

    सन्दीप उत्कृष्ट बलर र शेर उदीयमान

    प्रतियोगितामा विराटनगर किङ्स कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्नुभयो । कूल १७ विकेट लिनुभएका सन्दीपको नेतृत्वमा विराटनगर क्वालिफायर थियो । उहाँले पनि मोटरसाइकल पुरस्कार पाउनुभयो ।

    यस्तै उदीयमान खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल बन्नुभयो । खेलभर १७ विकेट लिनुभएका उहाँले पनि मोटर साइकल पुरस्कार पाउनुभयो । एनपिएलको च्याम्पियन लुम्बिनीले उपाधिसहित एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ ।

    यस्तै उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँ पाएको छ । तेस्रो भएको विराटनगरले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

    सँधै दर्शकको खचाखच

    मङ्सिर १ गतेदेखिट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित
    blog
    मैदानमै कार कुदाउँदै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल । तस्बिर : एनपिएल

    गाेविन्द रेग्मी
    शेयर गर्नुहोस:
    sharethis-white sharing buttontwitter-white sharing buttonfacebook-white sharing buttonmessenger-white sharing button
    २७ मङ्सिर २०८२, शनिबार
    २८ मिनेट पहिले
    काठमाडौँ, मङ्सिर २७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिसँगै लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वाधिक भाग्यमानी खेलाडी हुनुभयो ।

    टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।

    रोहितले यस सिजन २७६ रन बनाउनुका साथै फाइनलमा उपाधि जिताउन ह्याट्रिक विकेट समेत लिनुभयो ।‘‘उपाधिका लागि खेल्दा सबै पुरस्कार पाउन सफल भएँ । कार जित्छु जस्तो लागेको थिएन, खुशीको सिमा छैन । टोलीका सबै खेलाडीले राम्रो गर्दा ट्रफी जित्न सक्यौँ । गत सिजन पनि ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरेको थिएँ । तर टोलीको खेलाडीको तालमेल मिलेको थिएन ।’’

    रोहितले यसपटक चौथो खेलसम्म नतिजा सोचेजस्तो नभएको पनि बताउनुभयो । टोलीले उपाधि जितेपछि उहाँले भन्नुभयो, ‘‘तर विस्तारै स्वदेशी र विदेशी खेलाडीबिच तालमेल मिल्यो । टोलीको रुपमा सबैले राम्रो खेल्यौँ । आज स्पिनर बलरहरुको भूमिका राम्रो रह्यो । ८५ रनमा समेट्न सकिएका भन्ने सोचेको थिएनौँ । एक सय ४० रनमा रोक्न सकिएका भन्ने थियो । तर नसोचेको भयो । उपाधिसँगै ब्यक्तिगत रुपमा कार र बाइक पाउँदा सबै थोक पाएँ जस्तो लागेको छ । शेर मल्ल जस्ता राम्रा खेलाडी एनपिएलले दिएको छ । अबको ध्यान टी-२० विश्वकपमा दिनेछु ।’’

    कार पाएपछि रोहितले बा-आमा र परिवारलाई राखेर मैदानमै कुदाउनुभएको थियो । रोहितकै कप्तानीमा नेपालले अब आइसिसी टी-२० विश्वकप खेल्नेछ ।

    त्रिवि मैदानमा शनिबार भएको एकपक्षीय फाइनलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले मात्र नौ ओभरमा खेल सकेको थियो । सुदूरपश्चिकको उपाधि चुम्ने सपनालाई लुम्बिनीले ४३ मिनेटमै चक्नाचुर बनाईदियो ।

    यस्तै लगातार हारपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले सुरुवाती दिनदेखि उत्कृष्ट खेल खेलेपनि फाइनलमा आफुहरुको दिन नरहेको बताउनुभयो ।

    ‘‘एक सय ४०/५० को लक्ष्य दिन सकेको भए खेल अर्कै हुनेथियो । आज ब्याट्सम्यानले राम्रो गर्न सकेनन् । ८५ रनमा अलआउट हुनु भनेको लुम्बिनीको स्पिनर हावी भयो । रोहितको ह्याट्रिक विकेटले पनि हामीलाई कमजोर बनाउन सफल भयो । विनोद भण्डारी सुरुमै आउट भएपछि दबाब झेल्यौँ । अघिल्लो सिजनकै नियती दोहोरियो । सुरुमा चलेका विदेशी खेलाडी बिचमै फर्किनु हारको अर्को कारण रह्यो,’’ टमटाले भन्नुभयो ।

    सन्दीप उत्कृष्ट बलर र शेर उदीयमान

    प्रतियोगितामा विराटनगर किङ्स कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्नुभयो । कूल १७ विकेट लिनुभएका सन्दीपको नेतृत्वमा विराटनगर क्वालिफायर थियो । उहाँले पनि मोटरसाइकल पुरस्कार पाउनुभयो ।

    यस्तै उदीयमान खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल बन्नुभयो । खेलभर १७ विकेट लिनुभएका उहाँले पनि मोटर साइकल पुरस्कार पाउनुभयो । एनपिएलको च्याम्पियन लुम्बिनीले उपाधिसहित एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ ।

    यस्तै उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँ पाएको छ । तेस्रो भएको विराटनगरले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

    सँधै दर्शकको खचाखच

    मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलमा आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । १० हजार क्षमताको कीर्तिपुरको फर्डलाइटसहितको नयाँ प्यारापिटमा सँधै दर्शकको खचाखच रह्यो ।

    यस एनपिएलबाट ४२ करोड रुपियाँ आम्दानी गर्ने योजना बनाएको आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले दर्शक टिकटबाट मात्र १२ करोड उठाउले लक्ष्य राखेको थियो । दर्शकको आगमनले क्यानलाई सोचेकोभन्दा बढी आम्दानी भएको देखाएको छ । सुरु भएको एनपिएलमा आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । १० हजार क्षमताको कीर्तिपुरको फर्डलाइटसहितको नयाँ प्यारापिटमा सँधै दर्शकको खचाखच रह्यो ।

    यस एनपिएलबाट ४२ करोड रुपियाँ आम्दानी गर्ने योजना बनाएको आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले दर्शक टिकटबाट मात्र १२ करोड उठाउले लक्ष्य राखेको थियो । दर्शकको आगमनले क्यानलाई सोचेकोभन्दा बढी आम्दानी भएको देखाएको छ ।

    lumbinisanjal   
  • २०८२ मंसिर २७, शनिबार २२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP