• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    दुई दिन चलेर फेरि रोकिए लुम्बिनीका विद्युतीय बस

    • lumbinisanjal
    • २०८२ चैत्र २२, आईतवार १३:३४
    1.1K
    SHARES
    दुई दिन चलेर फेरि रोकिए लुम्बिनीका विद्युतीय बस

    बुटवल , २२ चैत ।  बुधबारदेखी सञ्चालनमा आएका लुम्बिनीका विद्युतीय बस फेरि राकिएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको निर्देशनमा लामो समयदेखी अलपत्र परेका ५ वटा मध्ये दुई वटा बस सञ्चालनमा आएका थिए। एउटा बस लुम्बिनीबाट भैरहवा हुँदै बेलहिया र अर्को बस लुम्बिनीबाट तिलौराकोट र कुदान रुटमा चलेका थिए।

    दुई दिन चलेका विद्युतीय बस शुक्रबारदेखी चल्न छोडेको लुम्बिनी विकास कोषका प्रशासकिय अधिकृत चुडामडी भट्टराइले बताए। गाडी मर्मत गर्नुपर्ने थियो। ‘एसी पनि चलेको थिएन। माथिबाट पठाइदिने भन्ने आदेश आएर यहाँबाट एयरपोर्टसम्म पुर्याइएको थियो। अहिले चलेको छैन।’ उनले भने।

    लुम्बिनीमा ५ वर्ष भन्दा बढि समयदेखी अनुदानमा आएका विद्युतीय बसहरु अलपत्र थिए। यहाँ सञ्चालन हुन नसके पछि काठमाडौं फिर्ता पठाउने तयारी गरिएको थियो।

    तर प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले लुम्बिनीमै चलाउन निर्देशन दिएको हो। तर सञ्चालन हुने वित्तीकै रोकिएको हो। विगतमा पनि परिक्षणको लागि भन्दै २ पटक विद्युतीय बस चलाइएको थियो। तर निरन्तरता पाउन सकेको थिएन।



    lumbinisanjal   
  • २०८२ चैत्र २२, आईतवार १३:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP