• २०८३ भाद्र १० | Wed, 26 Aug 2026
  • Dark Mode

          Subscribe

    महाधिवेशन विवाद चुलिँदा कांग्रेस नेता खाण ‘मध्यमार्गी समाधानकर्ता’को भूमिकामा सक्रिय

    • lumbinisanjal
    • २०८२ मंसिर १५, सोमबार १३:४१
    2.2K
    SHARES
    महाधिवेशन विवाद चुलिँदा कांग्रेस नेता खाण ‘मध्यमार्गी समाधानकर्ता’को भूमिकामा सक्रिय

    काठमाडौं,१५ मंसिर । नेपाली कांग्रेसमा १५औं महाधिवेशनको कार्यतालिका तय नहुँदै आन्तरिक मतभेद चर्किएपछि नेता बालकृष्ण खाण विवाद समाधानमा मध्यस्थकर्ता भएर देखिएका छन्। असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उत्पन्न विवादले सर्वसम्मत कार्यतालिका टुंगो नलागेपछि खाणले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले सक्रिय भूमिका बढाएका छन्।

    उनका घनिष्ठ नेताहरूका अनुसार खाणले विशेष महाधिवेशन माग्ने पक्ष र नियमित महाधिवेशनमा जोड दिने पक्षलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छन्। उनका अनुसार पार्टी एक ढिक्का बन्न सके निर्वाचन अगाडि महाधिवेशन गर्न सबै तयार हुनुपर्ने खाणको दृढ धारणा रहँदै आएको छ।

    खाणले विशेष महाधिवेशनले पार्टीमा अस्थिरता बढाउन सक्ने र नियमित महाधिवेशनले मात्र संगठनलाई पुनर्ताजगी गर्ने तर्क राख्दै आएका छन्। संस्थापन पक्षका केही नेताहरूले २०८३ बैशाखमा मात्रै महाधिवेशन हुनुपर्ने भनाइ परिवर्तन गरी सहमतिको वातावरण बनाउनुपर्ने उनले विभिन्न बैठकहरूमा जोड दिएका छन्।

    पार्टीभित्रका प्रमुख संस्थापनवादी नेताहरू—पूर्व उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री महेन्द्र यादवलगायतलाई पार्टी एकताका लागि महाधिवेशन अघि बढाउन खाणले मनाउन प्रयास गरिरहेको बताइन्छ। सभापति शेरबहादुर देउवाको निवासमा गत शनिबार भएको छलफलका क्रममा नोट अफ डिसेन्ट लेख्दै बैठकबाट बाहिरिएका निधि र सिटौलालाई पनि खाणले पुनः बैठकमा फर्काइ सम्झाउने कार्य गरेका थिए।

    कांग्रेसको संगठनमा बलियो पकड राख्ने नेता खाणले महाधिवेशनका विषयमा उठेका फरक मतलाई एकरूपता ल्याउन महत्वपूर्ण भूमिका खेलेको बैठकमा सहभागी केन्द्रीय सदस्यहरू बताउँछन्।

    उनको धारणा स्पष्ट छ—एकताबद्ध कांग्रेसले मात्र वर्तमान राष्ट्रिय राजनीतिक अवस्थालाई जिम्मेवारीपूर्वक अगाडि बढाउन सक्छ। यही कारण खाणले संस्थापन पक्षका ‘वैशाखमा महाधिवेशन’ चाहने र निर्वाचनभन्दा अगाडि महाधिवेशन नगरे पार्टी संकटमा पर्न सक्ने भनी चिन्ता व्यक्त गर्ने दुवै पक्षसँग समानान्तर संवाद तथा समन्वय जारी राखेका छन्।



    lumbinisanjal   
  • २०८२ मंसिर १५, सोमबार १३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP