• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार १५:३१
    351
    SHARES
    ‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’

    काठमाडौं, ३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् ।

    उनले फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरू थप मारमा परेकाले यसलाई परिवर्तन गर्न कार्यदल गठन गरेर अध्ययन भइरहेको जानकारी दिए ।

    उनले अहिले ३० लाख भन्दा बढी नेपाली नागरिक श्रमिकका रुपमा विभिन्न देशमा रहेकाले वैदेशिक रोजगार क्षेत्रलाई वैज्ञानिक रुपमा नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

    मन्त्री यादवले श्रम स्वीकृतिबिना हजारौँ घरेलु कामदारहरू विभिन्न देशमा कार्यरत रहेको बताए ।

    उनले उनीहरूलाई अप्ठेरो पर्दा औपचारिक रुपमा समाधान गर्न अप्ठेरो भएको देखिएकाले यसमा पनि मन्त्रालयले विशेष ध्यान दिइरहेको जानकारी दिए ।

    उनले कुवेतमा मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको अवस्था रहेको उल्लेख गरे ।



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार १५:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP