• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्रदेशको पर्यटन नीति २०८३ को मस्यौदा माथि संवाद

    • lumbinisanjal
    • २०८३ आश्विन ३०, शुक्रबार ०७:२०
    312
    SHARES
    लुम्बिनी प्रदेशको पर्यटन नीति २०८३ को मस्यौदा माथि संवाद

    बुटवलब। लुम्बिनी प्रदेशको पर्यटन  २०८३ को मस्यौदा माथि बिहीबार बुटवलमा संवाद मार्फत थप सुझाब संकलन गरिएको छ । लुम्बिनी प्रदेश वन,वातावरण तथा पर्यटन मन्त्रालयको आयोजना,बेस संस्थाको ब्यबस्थापन तथा संवाद समुह सचिवालय तुलसीपुरका सहजिकरणमा पर्यटन नीतिको मस्यौदा माथि सुझाब संकलन गरिएको हो ।

    मन्त्रालयको तर्फबाट तयार गरिएको मस्यौदा माथि लुम्बिनी प्रदेशका नीजि क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले सुझाब तथा राय दिएका थिए । बरिष्ठ पर्यटन बिज्ञ डा. गितु गिरी, होटल ब्यबसायी भेष बहादुर बिष्ट,ब्यबसायीहरु माधव खनाल,माया खनाल,सागर अधिकारी,टेकनाथ बस्याल,महेन्द्र श्रेष्ठ,लिलामणी शर्मा, चन्द्र बहादुर थापा,ठाकुर प्रसाद श्रेष्ठ,युवराज घिमिरे,सीपि श्रेष्ठ,टंंक पोख्रेल,नवराज अधिकारी लगायतले पर्यटन नीति लुम्बिनी प्रदेशका लागि उत्तम रहेका बताउनुभएको थियो । तर पनि कहाँबाट आउने पर्यटक,पर्यटकको गन्तब्य स्थल,उनीहरुका लागि दिईने सेवा सुबिधा लगायतका बारेमा बिशेष ध्यान दिन सुझाब दिएका छन् ।

    सुरक्षाको दृष्टिकोणले लुम्बिनी प्रदेशका पर्यटक गन्तब्य स्थल सुरक्षित र थप सुरक्षामा सुधार हुदै गएको प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तले बताउनुभयो भने बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले केही महत्वपूर्ण सुझाब दिदै थप गर्न आग्रह गरेका थिए ।

    कार्यक्रममा पर्यटन विकास परिषद्का निमित्त कार्यकारी निर्देशक शारदा बेल्बासले लुम्बिनी प्रदेशको पर्यटन नीति २०८३ को मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उक्त नीतिको मस्यौदामा पर्वत श्रृंखला, उपत्यका  र  समथर मैदानयुक्त मनोरम भूगोल, बनजंगल, निकुन्ज, उद्यान, विविध  प्रजातीका  बनस्पति, बहुमूल्य जडिबुटी, नदिनाला, तालतलैया, झरना, जनावर, जलचर, चराचुरुंगी, जैविक विविधता, खनिज जस्ता  प्रकृतिमा आधारित  विविध आकर्षण, एैतिहासिक मानव अवशेष, गौरवमय इतिहास, पुरातात्विक स्मारक, ऐतिहासिक गढी, रहस्यमय गुफा, तपोभूमि, देवस्थल, सिद्धपीठ, आध्यात्म, भाषा, साहित्य, कला, संगीत,संस्कृति, सामाजिक संरचना, रहनसहन, बोलीबचन, पहिरन, रैथाने कृषि, पशुपंक्षी, मौलिक परिकार आदि सामाजिक–सांस्कृतिक वैभव  तथा  परम्परागत  शैलीका  ग्रामीण  बस्ती  एवं  विस्तार  हुदै  गएका  आधुनिक  स्वरूपका  शहरी  संरचनाले  लुम्बिनी  प्रदेश  सुशोभित भएको उल्लेख गरिएको छ । त्यस्तै ,शान्तिका  अग्रदुत  भगवान  गौतम बुद्धको  जन्मभूमि  लुम्बिनीको  विश्वव्यापी  परिचयले ग्रेटर लुम्बिनी र बौद्ध दर्शनको आलोकमा  पर्यटकीय  सम्भावनालाई  युगौयुगसम्म  जीवन्त  तुल्याउने  विशेष  अवसर  यस  प्रदेशलाई  प्राप्त हुने मस्यौदामा छ ।  बाँके र बर्दिया  राष्ट्रिय  निकुञ्ज, ढोरपाटन सिकार आरक्ष जस्ता  पर्यटकीय  सम्भावनालाई  बहुआयामिक  बनाउने  र  राष्ट्रिय  तथा  अन्तराष्ट्रिय  पर्यटक आकर्षित  गर्ने  सुन्दर  सम्पति पनि प्रदेशमा  मौजुद रहेका उल्लेख गरियो ।

    यिनै  सम्भावनाहरुको  भरपुर  उपयोग  गर्दै  यस  प्रदेशलाई  विश्व  पर्यटन बजारमा  उत्कृष्ट  पर्यटकीय  गन्तव्यको  रूपमा  चिनारी  गराउदै  पर्यटकहरुको  आगमन  बढाएर  पर्यटन  क्षेत्रलाई चलायमान बनाउदै  प्रदेशको  आर्थिक  विकासको  आधारस्तम्भको  रूपमा  स्थापित  गर्ने लुम्बिनी  प्रदेश  सरकारको  प्राथमिकता  रहेको जानकारी गराईएको छ ।

    सो अबसरमा लुम्बिनी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरीले लुम्बिनी प्रदेशका मुल मुल गन्तब्य स्थलको पहिचान हुने गरि नीति बनाईने जानकारी दिनुभयो । ती मुल गन्तब्य स्थलको सर्कीट बनाईने र ब्यापक रुपमा प्रचार प्रसार गरिने बताउनुभयो । यसका लागि लुम्बिनी प्रदेशका बिभिन्न होटलमा क्यु आर सहितको गन्तब्य स्थलको फोटा टाँसन अनुरोध गर्ने र सार्वजनिक यातायातका साधनमा पनि अनुरोध गर्ने बताउनुभयो ।
    मन्त्रालयका सचिव प्रमोद भट्टराईले थ्री स्टार सम्मका होटल दर्ताको अनुमति प्रदेश सरकारलाई भएपनि त्यो भन्दा माथिका दर्ता प्रक्रियाको अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न गरिएको आग्रहका बारेमा सम्बन्धित संघीय सरकारमा अनुरोध गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    कार्यक्रममा प्रदेश सभाका सदस्यहरु हेमा बेल्बासे केसी, निमल पासवान र रेवती गुरुङ लगायतको सहभागिता थियो । संबादको सहजिकरण संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले स्वागतम मन्तब्य सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८३ आश्विन ३०, शुक्रबार ०७:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP