• २०८३ असार २१ | Sun, 05 Jul 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा

    • lumbinisanjal
    • २०८२ कार्तिक १२, बुधबार १८:४९
    3.4K
    SHARES
    लुम्बिनी लायन्सको ‘होम बैंक पार्टनर’ बन्यो शाइन रेसुंगा

    बुटवल ,१२ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।

    ‘होम डेभलपमेन्ट बैंक पार्टनर’ सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र लुम्बिनी लायन्सका म्यानेजर लक्ष्मणदेव आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

    टिम म्यानेजर आचार्यले शाइन रेसुंगा लुम्बिनी प्रदेशमा स्थापना भई प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक भएकाले साझेदार बनाएको बताउनुभयो। बैंकसंगको साझेदारीले खेलाडीमा लगानी गर्न सहज भएको र टिमकै हौसला बढेको आचार्यले बताउनुभयो।

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पनेरुले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि प्रदेशको प्रतिनिधित्व गर्ने टिमसंग सहकार्य गरेको बताउनुभयो।

    बैंकका चिफ ब्राण्डिङ अफिसर प्रभास राईले नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगितामा खेल्ने टिम लुम्बिनी लायन्ससंग बैंकको साझेदारीले समग्र लुम्बिनी प्रदेशको ब्राण्डिङ र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास लिएको बताउनुभयो ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १ देखि २७ गतेसम्म एनपिएल क्रिकेटको दोस्रो संस्करण सुरु हुंदैछ । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

    बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि हालसम्म १६ हजार विरुवा रोपेको छ भने डिजिटल वित्तीय साक्षरता समुदायसम्म पुर्याउन अभियान नै सञ्चालन गरेको छ ।

    यस्तै पत्रकारिता, सामाजिक र धार्मिक क्षेत्रमासमेत योगदान गर्दै आएको बैंकले जनाएको छ । शाइन रेसुंगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा योगदान गर्दै आएको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १२, बुधबार १८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP