• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    केरुङ्गेली समाज रुपन्देहीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार १८:४७
    156
    SHARES
    केरुङ्गेली समाज रुपन्देहीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान

    बुटवल । केरुङ्गेली समाज रुपन्देहीले शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा आयोजित उक्त कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ।

    लुम्बिनी प्रादेशिक अस्पतालका प्रसाशकीय प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यता तथा केरुङ्गेली समाजका अध्यक्ष यज्ञमुर्ति पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय सुरुवात भएको उल्लेख गरे ।

    अन्य संघ-संस्थाहरूलाई पनि अस्पतालमै आएर यस्ता मानवीय कार्य गर्न थप हौसला मिल्ने उनको भनाइ थियो। आफ्नो जीवनमा पहिलोपटक रक्तदान गर्दै प्रमुख अतिथि गौतमले आगामी दिनमा अस्पतालमा रक्तदान गर्न आउने सम्पूर्ण संघ-संस्थाहरूसँग हातेमालो गर्न अस्पताल प्रशासन सदैव तयार रहेको स्पष्ट पारे ।

    यसैगरी, समाजका अध्यक्ष यज्ञमुर्ति पाण्डेले वि.सं. २०५७ सालदेखि नै संस्था विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको प्रस्ट पारे । आगामी दिनहरूमा पनि लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वय गरेर यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता र प्राविधिक सहयोग पुर्‍याउने टोलीप्रति विशेष धन्यवाद एवं कृतज्ञता ज्ञापन गरे । रक्तदान समितिका संयोजक सालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सह-सचिव विरोध पाण्डेले गरेका थिए ।

    कार्यक्रममा सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल ,  संस्थाका संरक्षक डा. खिमानन्द पाण्डे, सल्लाहकार मनोज भुसाल, उपाध्यक्ष तिलक पाण्डे, कोषाध्यक्ष कमल न्यौपाने, लेखा समिति संयोजक भेषराज पाण्डे, सदस्य दुर्गा बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार १८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP