• २०८३ भाद्र २४ | Wed, 09 Sep 2026
  • Dark Mode

          Subscribe

    रोटरी डाउनटाउनद्वारा २५ दिने व्यावहारिक साक्षरता प्रदान

    • lumbinisanjal
    • २०८३ असार २०, शनिबार १८:५५
    286
    SHARES
    रोटरी डाउनटाउनद्वारा २५ दिने व्यावहारिक साक्षरता प्रदान

    बुटवल  । ग्रामिण क्षेत्रका महिलाहरुलाई लक्षित गरि रोटरीले ब्यवहारिक साक्षरता परियोजना सम्पन्न गरेको छ । रोटरी क्लब अफ बुटवल डाउनटाउन तथा बेसिक एजुकेसन एन्ड लिटरेसी कमिटी, रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२, डिबरणा ठाकुरामा २५ दिने ब्यवहारिक साक्षरता परियोजना सम्पन्न गरेको हो ।

    शनिबार एक समारोहका बिच तालिममा सहभागीहरुलाई सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ, क्लबका वर्ष २०२५÷२६ का अध्यक्ष बाबुराम बञ्जाडे, क्लबका वर्ष २०२६÷२७ का सचिव योगेन्द्र पन्थी, सदस्यहरू केशव पौडेल, तिलक अधिकारीले प्रमाणपत्र, रोटरी ब्याग हस्तान्तरण गरे ।

    कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले यस्ता कार्यक्रम समुदायका लागि अत्यन्तै उपयोगी रहेको बताउँदै आगामी दिनमा रोटरी क्लबसँग सहकार्य गरी सन्धिखर्क नगरपालिकाका अन्य वडाहरूमा समेत यस्ता कार्यात्मक साक्षरता कार्यक्रम सञ्चालन गर्न आफु सकारात्मक रहेको बताए ।

    परियोजनामार्फत मोबाइल फोनको आधारभूत प्रयोग, हस्ताक्षर सिकाई तथा दैनिक जीवनमा आवश्यक कार्यात्मक साक्षरता सम्बन्धी ज्ञान प्रदान गरिएको क्लबका वर्ष २०२५/२६ का अध्यक्ष बाबुराम बञ्जाडेले बताए ।

     



    lumbinisanjal   
  • २०८३ असार २०, शनिबार १८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP