• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय थापाको परिवारलाई आर्थिक सहयोग

    • lumbinisanjal
    • २०८१ फाल्गुन २, शुक्रबार १२:१५
    2.1K
    SHARES
    मदानेका अध्यक्ष कुवँरद्वारा स्वर्गीय थापाको परिवारलाई आर्थिक सहयोग

    गुल्मी , २ फाल्गुण । मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवँरले वडा नं. ६ का स्वर्गीय गोविन्द थापाको परिवारलाई काजकिरियाका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । गाउँपालिकाको वडा नं. ६ घ्यूपानी भकारेका ७२ वर्षीय थापाको निधन भएपछि उनको काजकिरियाका लागि १० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।

    स्वर्गीय थापाका श्रीमती २ छोरा र ३ छोरी छन् । अति विपन्न यो परिवारको कुनै प्रकारको आयस्रोत पनि नरहेको र बस्ने घरबास समेत नरहेकाले केही भएपनि राहतको लागि आर्थिक सहयोग गरिएको अध्यक्ष कुवँरले जानकारी गराउनु भयो । अध्यक्ष कुवँरले पालिकाबाट प्राप्त गर्ने सुविधा वापतको रकमबाट सो परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

    नेपाली काँग्रेस मदानेका सभापति समेत रहनुभएका अध्यक्ष कुवँरले पालिकाबाट पाउने सुविधा वापतको रकम सिधै पार्टीको खातामा जाने व्यवस्था मिलाउनु भएको छ भने त्यसरी आएको रकम पार्टीको निर्णयमा खर्चगर्ने गरिएको उहाँले बताउनु भयो ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २, शुक्रबार १२:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP