• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    एनपीएल: चितवन राइनोजका रिजन ढकाल कारबाहीमा

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार १२:५९
    1.9K
    SHARES
    एनपीएल: चितवन राइनोजका रिजन ढकाल कारबाहीमा

    बुटवल ,०५ मंसिर । चितवन राइनोज्‌का तीव्र गतिका बलर रिजन ढकाल कारबाहीमा परेका छन् । उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल प्रिमियर लिग (एनपीएल)का म्याच रेफ्रीले एक डिमेरिट पोइन्ट प्रदान गरेका हुन् ।

    बिहीबार भएको लुम्बिनी लायन्ससँगको खेलमा एलबीडब्लु अपिल गरे पनि अम्पायरले आउट नदिँदा उनले असन्तुष्टि जनाएका थिए । जसका कारण उनलाई चेतावनीसहित कारबाही गरिएको म्याच रेफ्रीले जनाएका छन् ।

    रिजनले गल्ती स्वीकार गरिसकेका छन् । उक्त खेलमा चितवन राइनोज ६ विकेटले पराजित भएको थियो ।



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार १२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP