• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु, तीन पक्राउ

    • lumbinisanjal
    • २०८२ कार्तिक ७, शुक्रबार ०९:५२
    2.5K
    SHARES
    देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु, तीन पक्राउ

    नवलपुर, ७ कात्तिक । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

    देउसीभैलो खेल्ने टोली मध्यका ब्यक्तीहरुले सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरले अपशब्द बोलेको भन्दै कुटपिट गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनि मेडिकल बगैँचामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

    प्रहरीले कुटपिटमा सम्लग्न तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा बिनयी त्रिबेणी–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, सोही ठाउँका एक १७ वर्यीय नाबालक र २० वर्षीय धरन पाइजा रहेको नेपालले बताउनुभो ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको प्रहरीको भनाइ छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ७, शुक्रबार ०९:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP