• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान हामी दृढ छौँ: गगन थापा

    • lumbinisanjal
    • २०८२ भाद्र २७, शुक्रबार १५:५७
    2.8K
    SHARES
    भ्रष्टाचार र दमनबिरुद्ध आयोग बनाएर जान हामी दृढ छौँ: गगन थापा

    काठमाडौँ,२७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार र आन्दोलनमा भएको दमन तथा हिंसाबिरुद्ध शक्तिशाली आयोग बनाएर जान दृढ भएको बताएका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्- हामी दमन र विध्वंश बिरुद्ध एउटा र भ्रष्टाचारबिरुद्ध अर्को आयोग बनाएर जाने पक्षमा दृढ छौँ,’ उनले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्।

    देशसञ्चारले अन्तरिम सरकार गठनका क्रममा जेनजी आन्दोलनमा भएको दमन र भ्रष्टाचारबिरुद्ध आयोग बनाएर जान तीन दलका नेताहरूले अस्वीकार गरेको बताएपछि प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीले ‘हातखुट्टा बाँधेर दिएको जिम्मेवारी चाहिँदैन’ भनी प्रतिक्रिया दिएको समाचार प्रकाशित गरेको थियो।



    lumbinisanjal   
  • २०८२ भाद्र २७, शुक्रबार १५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP