• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

    • lumbinisanjal
    • २०८२ भाद्र १७, मंगलवार १२:१६
    1.5K
    SHARES
    लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

    बुटवल , १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा.लेखजंग थापा नै रहने बताएका छन् ।

    लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए ।

    तर यसको जानकारी रास्वपा नेताहरूले थापालाई गराएपछि उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको कागज सार्वजनिक गरेका हुन् ।

    त्यसपछि मगलबार खबरहबसँग कुराकानी गर्दै रास्वपा कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपाबाट थापा नै उपनिर्वाचनको उम्मेदवार भएको बताए ।

    ‘हामीले पहिला नै यो विषयमा क्लियर भएका थियौँ । हाम्रो उम्मेदवार उहाँ नै हो । हामीले धेरै कुरा अनुसन्धान गरेर उहाँलाई उम्मेदवार बनाएको हो ।’ बुर्लाकोटीले खबरहबलाई भने, ‘उहाँको विकल्प खोजिँदैन । ठुला दलहरूले हामीलाई अनावश्यक प्रहार गरे । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो ।’

    बुर्लाकोटीले थापाले मंगलबार या बुधवार पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिने समेत बताए । उनले अब रास्वपा रुपन्देहीको जनतामाझ जाने समेत जानकारी दिए ।

    लेखजंगको पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्ध विच्छेद भएको हो । उनले बीएससी नर्सिङ गरेकी छन् । हाल उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा कार्यरत रहेको जानकारी लेखजंगले रास्वपा नेताहरूलाई दिएका छन् ।

    पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँग भएको रास्वपा नेताहरू बताउँछन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । उनीसँग भने लेखजंगको सम्बन्ध राम्रो भएको बताइएको छ ।



    lumbinisanjal   
  • २०८२ भाद्र १७, मंगलवार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP