• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    अनेरास्ववियु सिद्धार्थनगरद्वारा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै

    • lumbinisanjal
    • २०८२ श्रावण २३, शुक्रबार ११:२६
    5.2K
    SHARES
    अनेरास्ववियु सिद्धार्थनगरद्वारा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै

    भैरहवा, २३ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थनगर नगर कमिटीले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

    अनेरास्ववियु सिद्धार्थनगरले २०८२ वैशाखमा सम्पन्न परीक्षामा ३.२ वा सोभन्दा माथि जीपीए हासिल गर्ने करिब १ हजार विद्यार्थीलाई ‘प्लस टु उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम’ मार्फत सम्मान गर्न लागेको हो। सम्मानमा सिद्धार्थनगर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी तथा यहाँ स्थायी बसोबास गर्ने विद्यार्थी समेटिनेछन्।

    संगठनका अध्यक्ष के.एल. पाण्डेका अनुसार अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो। सम्मान कार्यक्रम आगामी साउन ३१ गते शनिबार दिउँसो १ बजेदेखि सिद्धार्थनगर–१२ स्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिने प्रचार विभाग प्रमुख प्रतीक नेपालले जानकारी दिए।

     



    lumbinisanjal   
  • २०८२ श्रावण २३, शुक्रबार ११:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP