• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    मोक्षधाम दर्शनसँगै चुन्नप्रसाद पौडेलको घरदैलो अभियान सुरु

    • lumbinisanjal
    • २०८२ फाल्गुन ४, सोमबार १२:०६
    1.8K
    SHARES
    मोक्षधाम दर्शनसँगै चुन्नप्रसाद पौडेलको घरदैलो अभियान सुरु

    बुटवल,०४ फागुन । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा–६ स्थित मोक्षधामको दर्शन गर्दै आफ्नो घरदैलो अभियान औपचारिक रूपमा सुरु गर्नुभएको छ।

    घरदैलोका क्रममा उहाँले प्रत्येक घरमा पुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्नुभयो ।

    भेटमा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार, व्यवसायिक चुनौती, रोजगारी र विकासका प्राथमिकताबारे खुलेर कुरा राखेका थिए।

    उम्मेदवार पौडेलले जनताको सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    पश्चिम पौनीबाट सुरु भएको घरदैलो अभियान गोरकटवा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो। अभियानमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

    घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन ओली, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारी लगायत कांग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८२ फाल्गुन ४, सोमबार १२:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP