• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

    • lumbinisanjal
    • २०८२ मंसिर २५, बिहीबार १९:३४
    1.8K
    SHARES
    नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

    काठमाडौं,२५ मंसिर । नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल सिफारिस भएका छन् । पार्टीभित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ ।

    समानुपातिकतर्फ भने पुरुष सूचीमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ ।

    समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ ।

    त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ मंसिर २५, बिहीबार १९:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP