• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    भदौरे झरीमा माया र माइती सम्झना बोकेको तिजगित सार्वजनिक

    • lumbinisanjal
    • २०८२ श्रावण २२, बिहीबार २३:४१
    6.2K
    SHARES
    भदौरे झरीमा माया र माइती सम्झना बोकेको तिजगित सार्वजनिक

    बुटवल, २२ साउन । तिजको रौनक र भदौ महिनाको झरीले भिजेको भावना समेटिएको नयाँ तिजगित ‘भदौरे झरीले’ सार्वजनिक गरिएको छ। गायक तथा संगीतकर्मी बिलन थापा मगरको प्रस्तुति रहेको उक्त गितमा माइती सम्झिने छोरीको भाव, झरीको मौसमी प्रभाव र सांस्कृतिक रौनकलाई संगितमार्फत भावुक शैलीमा उतारिएको छ।

    गितमा मनिषा लामिछाने ,जुना श्रीस र देवी घर्तीको सशक्त स्वर सुन्न पाइन्छ। दुर्गा थापा मगरको शब्द र बिलन थापा मगरकै संगितमा बनेको गीतको अडियो र भिडियो दुबै पक्ष सशक्त छन्।

    भिडियोमा दिया थापा मगर, दीप्तिका गुरुङ, टीका थापा लगायत कलाकारहरूको अभिनयले भावनालाई जिवन्त बनाएको छ।

    डिप गुरुङ निर्देशित भिडियोलाई बिजौवा लामा र सञ्जय बुढाथोकीले खिचेका हुन् भने कोरियोग्राफी स्वयम् दिया थापा मगरले गरेकी छन्। गितको सम्पादन, कथा लेखनदेखि निर्माण व्यवस्थासम्म बिलन थापा मगरकै सक्रियता देखिन्छ।

    माइती जान नपाउँदाको चुकचुक, झरीले भिजाएको मन, र बाबाले दिएको सिरफुलजस्ता प्रतीकहरूले गीतलाई अझ सजीव बनाएको छ। वर्षाको भिजाइमा तीजको रमाइलो घुलिएको यो गीत अहिलेको मौसम र मनोदशासँग मेल खाने खालको बनेको छ।

    🎧 गीत हेर्नुहोस् :



    lumbinisanjal   
  • २०८२ श्रावण २२, बिहीबार २३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP