• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    सम्झनाको तीज कोसेली ‘फर्की हेर्यौ नक्कले’ चर्चामा

    • lumbinisanjal
    • २०८२ श्रावण १८, आईतवार १०:४४
    3.8K
    SHARES
    सम्झनाको तीज कोसेली ‘फर्की हेर्यौ नक्कले’ चर्चामा

    बुटवल, १८ साउन। लोकगायिका सम्झना रणपालको स्वरमा नयाँ तीज गीत ‘फर्की हेर्यौ नक्कले’ सार्वजनिक भएको छ। बुटवललाई कर्मथलो बनाई नेपाली लोकसंगीतमा सक्रिय गायिका रणपालले यस गीतमार्फत यस वर्षको तीजका लागि सांगीतिक कोसेली पस्केकी हुन्।

    तीजको मौलिक भावनालाई समेट्दै बनाइएको गीतमा सम्झना रणपालसँगै मोहित मुनाल र लक्ष्मी बस्नेतको स्वर समावेश छ। झबिन नेपालीको लय सिर्जना रहेको गीतमा शब्द भने विक्रमबाबु विश्वकर्माले लेखेका हुन्।

    गीतको भिडियोमा एलिना रायमाझी, झबिन नेपाली र प्रेम विश्वकर्माको अभिनय देख्न सकिन्छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोतालाई आकर्षित गरिरहेको छ।

    सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत हेर्न सकिन्छ ।



    lumbinisanjal   
  • २०८२ श्रावण १८, आईतवार १०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP